नियम २९
सैनिक विशेष अदालतको गठन प्रक्रिया
(१) रक्षा मन्त्रालयले ऐनको दफा ११९ मा व्यवस्था भए बमोजिम सैनिक विशेष अदालतको अध्यक्ष तोक्नको लागि आवश्यक कारबाही गर्नु पर्नेछ ।
(२) सैनिक विशेष अदालतको अध्यक्ष तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।